× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    ओली ४२ औँ प्रधामन्त्री रूपमा नियुक्त , विपक्ष दलहरु संयुक्त सरकार बनाउनमा असफल

    ३ वर्ष पहिले

    बैशाख-३१, केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्ति भएका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्न गरेकी हुन् ।

    केपी ओली शीतल निवास पुगेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई प्रधानमन्त्री नियुक्त गरिएको घोषणा हुन् । यद्यपि उनको सपथ भने शुक्रबार (आज) दिउँसो २:०० बजे लाई तय गरिएको राष्ट्रपति कार्यालय श्रोतले बताएको छ ।

    सोमवार ओलीले संसदबाट विश्वासको मत लिन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय दिँदै अन्य दलहरुलाई बहुमतको सरकार गठनका लागि आह्वान गरेकी थिइन् । राष्ट्रपति भण्डारीले बिहीवार राति ९ बजे सम्मका लागि दिएको समय सकिएसँगै बहुमतको सरकार गठनको सम्भावना टरेको थियो ।

    तीन दिनको समयमा पनि प्रमुख प्रतिपक्षी कांग्रेससहित माओवादी केन्द्र र जसपाले सहमती जुटाउन नसक्दा नयाँ सरकार बनाउन असफल भएको हो ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दलको संसदीय दलको नेता भएकोले ओलीलाई संविधानको धारा ७६(३) बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।