४ वर्ष पहिले
जेठ-५, बुधबार बिहानै गण्डकी प्रदेशमा ठुलाे भुकम्पकाे धक्का महशुस गरिएकाे छ । बिहान पाँच बजेर ४२ मिनेट जाँदा गण्डकी प्रदेश लगाएत वरपरका क्षेत्रमा भुकम्पकाे धक्का महशुस भएकाे हाे ।
लमजुङ केन्द्र बिन्दु भएर ५.८ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्काले पोखरा सहित गण्डकी प्रदेश तथा देशका विभिन्न स्थानमा भुकम्पकाे धक्का महशुस गरिएकाे थियाे ।
भूकम्पको धक्काले मानिसहरु आँत्तिदै घर बाहिर निस्किएका थिए । भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी भने प्राप्त भएको छैन ।