× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेकपा एमालेको उम्मेद्धार बादललाई हराउँदै विपक्षी संयुक्त प्यानलका खिमलाल देवकोटा विजय

    ३ वर्ष पहिले

    जेठ-६, नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादललाई हराउँदै विपक्षी संयुक्त प्यानलका खिमलाल देवकोटा राष्ट्रियसभा उपनिर्वाचनमा विजय भएका छन् ।

    बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा बादलले ल्याएको ४०१४ मतको बिरुद्ध खिमलालले ५०८८ मत ल्याएर विजयी हुन सफल भएका हुन् ।

    स्थानीय तहमा देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाए । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका छन् । खिमलालले पाएको १२८ मतको मतभार २३०४ हुन्छ । बादलले पाएको मतभार १८५४ हुन्छ ।

    त्यस्तै, प्रदेशसभामा बादलले ४५ मत पाउँदा खिमलालले ५८ तथा तामाङले २ मत पाए । बादलले पाएको ४५ मतको मतभार २१६० हुन्छ भने खिमलालले पाएको ५८ मतको मतभार २७८४ हुन्छ ।