४ वर्ष पहिले
जेठ-८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ८० जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ५ लाख ५ हजार ६ सय ४३ जना पुगेको छ ।
२४ घण्टामा १९ हजार ३ सय ५७ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै २८ लाख ९७ हजार ५ सय ३ जनाको पिसिआर भएको जनाईएको छ ।
पछिल्लो २४ घण्टामा ७ सय ४८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३ सय ८९ जना र पिसिआर विधिबाट परीक्षण गर्दा ८ हजार ५ सय ९१ मा कोरोना पोजेटिभ देखिएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८ सय ६ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ लाख ८ हजार १ सय ३ रहेको छ भने संस्थागत आइसोलेसनमा ७ हजार ७ सय ३ रहेको छ ।
पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ४८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ३ लाख ८३ हजार ६ सय ८४ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७५.८ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २९ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ हजार १ सय ५३ जना पुगेको छ ।
हाल क्वारेन्टिनमा ८ सय ८६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ हजार ७ सय ३२ जना र भेन्टिलेटरमा ५ सय २३ जनाको उपचार भईरहेको छ ।