× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इटलीमा केबलकार खस्दा १४ जनाको मृत्यु

    ३ वर्ष पहिले

    जेठ-१०, इटलीको माजीओरी तालनजिकै एउटा केबलकार खस्दा १४ जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना बालकको पनि ज्यान गएको छ भने अर्का एक बालक गम्भीर घाइते भएका छन्।

    रिसोर्ट टाउनबाट यात्रुहरुलाई बोकेर पिएदमन्ट क्षेत्रस्थित मोट्टारोन पहाड जाँदै गर्दा केबल कार खसेको हो । काठहरु भएको जमिनमा खसेको केबल कारको तस्बिर सामाजिक सञ्जालमा समेत भाइरल बनेको छ ।

    घटनामा मृत्यु हुनेहरुमध्ये केही विदेशी नागरिक समेत रहेको बताइएको छ । स्ट्रेसा सहरका मेयर मार्सेला सेभेरिनोले यस घटनाबाट आफूलाई दुखी तुल्याएको प्रतिक्रिया दिएका छन् ।

    दुर्घटनाको कारणबारे अझै यकिन भइसकेको छैन । यसबारे छानविन गरिने स्थानीय प्रशासनले जनाएको छ ।

    इटालीका प्रधानमन्त्री मारियो ड्राघीले घटनाबारे आफूले स्थानीय सरकारबाट जानकारी लिइरहेको भन्दै घटनामा मृत्यु भएकाहरुको परिवारप्रति समवेदना प्रकट गरेका छन् ।