× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    निषेधाज्ञाको समयमा पसल सञ्चालन गर्ने चितवनका सात व्यवसायी पक्राउ

    ३ वर्ष पहिले

    जेठ-१२, निषेधाज्ञाको समयमा चितवनको भरतपुर महानगरपालिकाका कमलनगर, पुतलीबजार र पोखरा बसपार्क क्षेत्रमा पसल सञ्चालन गर्ने सात जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार प्रशासनले जारी गरेको सूचना विपरीत अटेर गरी पसल किराना पसल, फेन्सी पसल लगायतका व्यवसाय सञ्चालन गर्ने सात जनालाई बुधबार बिहान नियन्त्रणमा लिइएको हो ।

    निषेधाज्ञाको अवधिमा छिटपुट मात्रामा पसल खुल्न थालेपछि प्रशासनले निगरानी बढाएको थियो ।पक्राउ परेका व्यवसायीलाई निषेधाज्ञा उल्लंघन गरी पसल सञ्चालन गरेको कसुर अनुसार जरिवाना गरी छाडिने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।