× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नदी तटिय क्षेत्रका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय चितवनको आग्रह

    ३ वर्ष पहिले

    जेठ-१४, जिल्ला प्रशासन कार्यालय चितवनले नदी तटिय क्षेत्रका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईद्धारा जारी विज्ञप्तीमा नदी तटिय क्षेत्रका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    विज्ञप्तीमा भनिएको छ–‘जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी एक\दुई दिन अझैसम्म पनि पानी परिरहन सक्ने देखिएकाले नारायणी तथा राप्ती जस्ता ठूला नदी र अन्य स–साना खोलाहरुमा पानीको सतह बढ्न गई नदी र खोला आसपासका क्षेत्र प्रभावित हुन सक्ने तथा विभिन्न स्थानहरुमा पहिरो जान सक्ने आशंका हुँदा नदी कटान, डुबान, बाढी र पहिरोको उच्च जोखिम रहेका त्यस्ता स्थान\बस्तीहरुमा उच्च आवश्यक सतर्कता अपनाउन अनुरोध गर्दछौँ ।’