× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    साहसि युवाद्वारा कोरोना संक्रमित आमाछोराको मोटरसाइकलबाट उद्धार

    ३ वर्ष पहिले

    जेष्ठ १५, धादिङ्ग । धादिङ्गमा कोरोना संक्रमित विरामीलाई एक साहसि युवाले मोटरसाइलबाट उद्धार गरेका छन् ।

    धादिङ्गको बेनिघाट रोराङ गाउपालिका वडा नं. १० स्थित जयपुरीमा रहेका ७ जना संक्रमितहरु मध्ये एकाघरका आमा छोराको अवस्था जटिल भएसंगै उनीहरुलाई थप उपचारको लागि मलेखु स्थित कोभिड अस्पतालमा एम्बुलेन्सबाट ल्याउन प्रयास भएको थियो, तर अविरल वर्षाका कारण राजमार्गमा एम्बुलेन्स लान सकिरहेको थिएन । विरामीको अवस्था जटिल बन्दै गएको र एम्बुलेन्स जान नसक्ने भएपछि बेनिघाट तरुणदलका संयोजक समेत रहेका सागर श्रेष्ठले जोखिम मोलेर उनीहरूलाई मोटरसाइकलबाट मलेखु कोभिड अस्पताल सम्म पुर्याएर उद्धार गरेका हुन् ।

    हाल दुबै संक्रमितको मलेखु कोभिड अस्पतालमा उपचार भइरहेको र थप उपचारको लागि काठमाण्डौ लैजाने तयारी भइरहेको स्थानीय सन्तोष पौडेलले हाइवे समाचारलाई जानकारी दिएका छन् ।

    कोरोना संक्रमित विरामीलाई समयमै मोटरसाइकलबाट उद्धार गरेका कारण साहसिक युवक सागर श्रेष्ठको सामाजिक सञ्जालमा सबैले प्रशंसा गरेका छन् ।