× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    सबै नेपालीलाई निःशुल्क खोप, जेष्ठ नागरिक भत्ता ४ हजार पुग्यो

    ३ वर्ष पहिले

    जेठ-१५, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा भाषणमार्फत नागरिकलाई कोरोना विरुद्ध चाँडै नै निःशुल्क खोप उपलब्ध गराउने स्पष्ट गरेका छन्।

    अहिले सार्वजनिक भइरहेको उक्त बजेट मा का लागि रु २६ अर्ब ७५ करोड रकम विनियोजन गरिएको छ ।जनताको जीवन रक्षा गर्नु सरकारको मुख्य लक्ष्य भएको अर्थमन्त्री पौडेलले बजेटको प्राथमिकतामा उल्लेख गरेका छन्।

    त्यसैगरी सरकारले जेष्ठ नागरिक भत्ता लगायत सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले वृद्धि गरेको छ । बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले जेष्ठ नागरिक भत्ता ४ हजार पुर्याएका हुन् । हाल जेष्ठ नागरिक भत्ता मासिक रु तीन हजार रहेकाे छ ।