× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • मनोरञ्जन

    मुग्लिनका चर्चित गायक गोविन्दबाबुको ‘रोग र भोक’ सार्वजनिक (भिडियोसहित)

    ३ वर्ष पहिले

    जेष्ठ १८, मुग्लिन । मुग्लिनका गोविन्द बाबु रिजालले कोभिड–१९ का कारण नेपाली जनताले भोग्नुपरेको वास्तविक अवस्थालाई चित्रण गरी “रोग र भोक” नामक गीत सार्वजनिक गरेका छन् । नेपाली गीत–संगीत क्षेत्रमा एकपछी अर्को निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेको अवस्थामा लोकदोहोरी गायक गोविन्द बाबु रिजालले निषेधाज्ञाकै बिच गीत सार्वजनिक गरेका हुन् । उनले आईतबार आफ्नै युट्युब च्यानल मार्फत उक्त गीत सार्वजनिक गरेका हुन् । गोरखाका सर्जक रमेश परियारको शब्द र कृष्ण केसीको संगित रहेको उक्त गीतमा गोविन्द बाबु रिजाल र शान्ति श्री परियारले स्वर दिएका छन् । मालाश्री स्टुडियोमा रेकर्ड गरिएको उक्त भिडियोमा निराजन केसीको छायांकन र प्रकास धमलाको सम्पादन रहेको छ । व्रmान्ति केसीको निर्देशनमा तयार भएको यस म्युजिक भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।
    (भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्)