३ वर्ष पहिले
जेठ-२२, चितवनको भरतपुर महानगरपालिकामा निषेधाज्ञा उल्लंघन गरी होटल तथा पसल संचालन गर्ने ९ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ले कारबाही गरेको छ ।
पटक पटक सचेत गराउँदा पनि वेवास्ता गरि निषेधाज्ञाको उल्लघंन गरि होटल तथा पसल संचालन गरेकोले उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
भरतपुर महानगरपालिकामा पक्राउ परेका सबै व्यवसायीलाई पाँच/पाँच सय जरिवाना गराई छाडिएको प्रहरी कार्यालयले जनाएको छ ।