४ वर्ष पहिले
जेठ-२३, नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनमा निगमले मूल्यवृद्धि गरेको छ।
नयाँ मूल्यअनुसार पेट्रोल १२५, डिजल १०८ र मट्टीतेल र प्रतिलिटर ८० रूपैयाँ कायम भएको प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिएको छ ।एलपी ग्यासमा भने मूल्यवृद्धि गरिएको छैन ।
निगमले पहिले कायम गरिएको मूल्यमा बिक्री गर्दा निगमलाई १५ दिनमा १ अर्ब १० करोड घाटा रहेको जनाएको छ।