× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा केही खुकुलो बनाउँदै निषेधाज्ञाको अवधि असार ३ गते सम्म थप गरियो

    ३ वर्ष पहिले

    जेठ-२६, चितवन जिल्लामा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै निषेधाज्ञाको अवधि असार ३ गतेसम्म थप गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले आगामी असार ३ गते मध्यराति १२ बजेसम्मका लागि केही खुकुलो बनाउँदै निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो।

    यसअघि निषेधाज्ञाको बेला बैंकिङ तथा वित्तिय संस्थाहरु साताको तीन दिन मात्रै खुल्ने गरेकोमा भोलि (बिहीबार)देखि नियमित रुपमा संचालन हुने भएको छ । न्यूनतम कर्मचारी खटाई जनस्वास्थ्यका मापदण्डका अनिवार्य रुपमा पालना गराई नियमित रुपमा बैंकिङ तथा वित्तिय संस्थाहरु खोल्न दिने निर्णय भएको सुचनामा जनाएको छ । यसअघि आइतबार, मंगलबार र बिहीबार मात्रै विहान १० बजेदेखि दिउँसो १ बजेसम्म बैंक खोल्न दिईएको थियो ।

    यसैगरि अन्य समयमा पूर्ण रुपमा बन्द गरिएको पुस्तक पसलहरु पूर्ण रुपमा खोल्न दिइएको छ । जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्ने गरी पाठ्य पुस्तक विक्री वितरण गर्ने पसलहरु संचालन गर्न दिइने निर्णय भएको छ ।

    यस्तै रासायनिक मल तथा कृषि बिउ बिजन विक्री वितरण गर्ने पसलहरु दैनिक रुपमा खोल्न दिने निर्णय भएको छ ।

    त्यसैगरि बढीमा ३ जना कामदार रहने गरी सवारी साधनको मर्मत गर्ने वर्कशप संचालन गर्न दिने निर्णय भएको सुचनामा जनाएको छ ।