× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा ६२,६३ र ६४ वर्ष उमेर समूहका ८७९१ जनाले कोरोना विरुद्धको भेरोसिल खोप लगायो

    ३ वर्ष पहिले

    जेठ-२६, चितवनमा जेठ २५ र २६ गते दुई दिनमा ६२, ६३ र ६४ वर्ष उमेर समूहका ८ हजार ७ सय ९१ जनाले कोरोना विरुद्धको चिनियाँ खोप भेरोसिल लगाइएको छ ।

    स्वास्थ्य कार्यालय चितवनले जनाए अनुसार जिल्लाका ७ वटा स्थानीय पालिकाका वडाका ७९ खोप केन्द्रमा गरि दुई दिनमा ८ हजार ७ सय ९१ जनाले कोरोना विरुद्धको चिनियाँ खोप भेरोसिल लगाएको हो ।

    जसमा भरतपुर महानगरपालिकामा ५ हजार ७ सय ३२, खैरहनी नगरपालिकामा ५ सय ८७, माडी नगरपालिकामा २ सय ८०, रत्ननगर नगरपालिकामा १ हजार २ सय १८, राप्ती नगरपालिकामा ४ सय ७९, कालिका नगरपालिकामा ४ सय ६६ र इच्छाकामना गाउँपालिकामा १ सय २९ जनाले खोप लगाइएको छ ।