× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आज नौँ राष्ट्रिय कृषक दिवस

    ३ वर्ष पहिले

    जेठ-२७, हरेक वर्ष जेठ २७ गतेलाई राष्ट्रिय कृषक दिवसको रुपमा मनाउने गरिएको छ ।यस पटकको कृषक दिवस भने ‘नौँ’ राष्ट्रिय कृषक दिवस रहेको छ ।

    यस पटकको कृषक दिवसको नारा ‘विश्व महामारीसँग जुधिरहेको बेला कृषक समुदायले गरेको उत्पादनमुलक कामको सम्मान गर्दै, कृषक समुदायको विकासमार्फत देश समृद्ध बन्ने अहिले आवश्यकता’, रहेको छ ।

    कृषकलाई पनि अन्य पेशाकर्मी तथा व्यवसायी सरह कै सम्मान दिनु पर्छ भन्ने आशयका २०७० सालमा पहिलो पटक राष्ट्रिय कृषि दिवसको रुपमा मनाइएको हो । यस दिवसलाई त्यस पछिका पछिल्ला वर्षमा भने राष्ट्रिय कृषक दिवसको रुपममा मनाउन थालिएको हो ।

    विगतका वर्षहरूमा उक्त दिवसका दिन औपचारिक कार्यक्रमका साथ उत्कृष्ट किसानहरूलाई पुरस्कार तथा सम्मान गर्ने कार्यक्रम हुने गरेको थियो । यद्यपि, वर्तमान परिस्थितिमा कोरोनाको कहरका कारण उक्त कार्यक्रम सम्भव रोकिएको छ।