३ वर्ष पहिले
जेठ-२७, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन असफल भएका छन् । संसदका ६० मध्ये ५८ जना बैठकमा उपस्थित थिए ।
विश्वासको मतका पक्षमा एमालेका २७ जनाले मात्रै पक्षमा मत खसाल्यो भने १ जनाले मतदान गरेन ।विश्वासको मतका लागि आवश्यक ३१ मत नपाएपछि पृथ्वीसुब्बा गुरुङको सरकार ढलेको हो ।