× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    युके तथा आइसल्याण्ड बस्ने नेपालीहरुबाट मुग्लिङ हाईवे हस्पिटललाई नगद सहयोग

    ३ वर्ष पहिले

    जेठ-२७, ईच्छाकामना गाउँपालिका वडा नं ५ मुग्लिङमा अवस्थित मुग्लिङ हाईवे हस्पिटललाई युके तथा आइसल्याण्ड बस्ने नेपालीहरुबाट ३ लाख १० हजार ८ सय ५० रुपैया नगद सहयोग प्राप्त भएको छ ।

    मुग्लिङ हाईवे हस्पिटलले कोभिड बिरामी लक्षित निशुल्क आईसोलेसन वार्डको संचालन एबं ब्यबस्थापन गरिरहेको अवस्थामा, यस कार्यलाई हौसला प्रदान गर्नको लागि तन्याङ रानाको संयोजकत्वमा युकेबाट तथा पारु गुरुङको संयोजकत्वमा आइसल्याण्डबाट नेपालीहरुबाट संकलन गरिएको एकमुष्ठ सहयोग रकम ३ लाख १० हजार ८ सय ५० रुपैया को चेक उहाँहरुको तर्फबाट दाजु किशोर गुरुङले हस्पिटलका अध्यक्ष राम बहादुर लामालाई चेक हस्तान्तरण गर्नु भएको थियो।

    मुग्लिङ हाईवे हस्पिटलले अहिले ३० बेडको आइसोलेसन सञ्चालन गरिरहेको हस्पिटलका अध्यक्ष राम बहादुर लामाले बताउनुभयो । यस हस्पिटलले दैनिक १० देखि १५ जनाको संख्यामा एन्टिजेन विधिबाट कोभिडको निशुल्क टेष्ट गर्दै आएको र २ जना कोभिड पोजेटिभ बिरामीले निशुल्क रुपमा यसै हस्पिटलको आइसोलेसनमा रहेर पुर्ण स्वास्थ्य भई घर फर्केको अध्यक्ष लामाले बताउनुभयो ।