× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेपाली काँग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री ओली विरुद्ध नाथुराम गोड्से हुन तयार रहेको अभिव्यक्ति

    ३ वर्ष पहिले

    जेठ-२९, नेपाली काँग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले बागमती प्रदेश सभामा बोल्दै प्रधानमन्त्री केपी ओली विरुद्ध नाथुराम गोड्से हुन तयार रहेको आपत्तिजनक अभिव्यक्ति दिएका छन् ।

    शुक्रबार बागमती प्रदेश सभाको बैठकमा बैद्यले प्रधानमन्त्री ओलीले देश खान लागेकोले कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्ने, अरु तयार नभए आफै बन्न तयार हुने अभिव्यक्ति दिएका थिए ।

    नाथुराम गोड्से भारतीय स्वतन्त्रता अगूवा महात्मा गान्धीका हत्यारा हुन् । उनले सन् १९४८ को जनवरी ३० मा महात्मा गान्धीको गोली हानी हत्या गरेका थिए ।

    उनको सो अभिव्यकलाई लिएर एमालेका नेताले मात्रै नभइ कांग्रेसले आपत्ति जनाउँदै सांसद वैद्यलाई आत्मआलोचना गर्न भनेको छ भने एमालेका नेताले तुरुन्त पक्राउ गरेर कारवाही गर्न माग गरेका छन् ।

    उनको सो अभिव्यक्तिपछि शुक्रबार राती कडा प्रतिक्रिया जनाउँदै एमाले नेता महेश बस्नेतले महात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त ? भन्दै सामाजिक सञ्जालमा प्रश्न गरेका छन् ।

    उनले गान्धीका हत्यारा नाथुराम गोड्से बन्न तयार छु भनेर वैद्यले प्रदेशसभामा खुल्लम खुल्ला बोलिरहेको भन्दै तुरुन्त पक्राउ गरेर कारबाही गर्न माग गरेका छन् ।

    उनले भनेका छन्–‘अन्यथा जनताको आक्रोश प्रकट भएर यस्ता व्यक्तिलाई सडकमै प्रतिरोध गर्न सक्छन् । त्यस्तो अप्रिय घटना घट्नुभन्दा अगाडी सरकार सचेत हुनुपर्दछ । केपी ओलीलाई मार्ने योजना बनाइरहँदा याद गर उहाँको लागि मर्न र मार्न तयार भएका हजारौँ समर्थक र शुभचिन्तक आफ्नो ज्यान दिन तयार छन् ।’