× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ३३८४ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ६२९५

    ३ वर्ष पहिले

    जेठ-२९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ८४ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ६ लाख २६ हजार ५ सय ३५ जना पुगेको छ ।

    २४ घण्टामा ८ हजार ५ सय ६ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ३ सय ८२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३२ लाख ७ हजार २ सय ८ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ५ हजार ९ सय ८८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ हजार २ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १ लाख २ हजार ९ सय ४० जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ३ सय १ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ६५ हजार ९ सय ५३ रहेको छ भने संस्थागत आइसोलेसनमा ५ हजार ३ सय ४८ रहेको छ ।

    २४ घण्टामा ६ हजार २ सय ९५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ५ लाख २७ हजार १ सय ११ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ हजार ३ सय ६६ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ५ सय ५२ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ हजार २ सय ६ जना र भेन्टिलेटरमा ३ सय ७३ जनाको उपचार भईरहेको छ ।