× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इच्छाकामनाका ४२ घर परिवारलाई लायन्स क्लब अफ पोखरा आदर्शद्धारा खाद्यान्न सहयोग ।

    ३ वर्ष पहिले

    जेष्ठ २९, मुग्लिन
    लायन्सल क्लब अफ पोखरा आदर्शद्धारा चितवनको इच्छाकामनाका गरिब परिवारलाई खाद्यान्न वितरण गरेको छ । क्लबका चार्टर चियर पर्सन बासुदेव कोइरालको प्रमुख आतिथ्य तथा क्बवका अध्यक्ष मोहनराज पौडेलको सभापतित्वमा राहत वितरण कार्यक्रम सम्पन्न भएको हो ।

    दैनिक ज्याला मजदुर गरेर जिवन धान्दै आएका गरिव परिवारहरु लकडाउनका कारण छाक टार्न समस्या भएपछि स्थानीय समाज सेवी एवं इच्छाकामना मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद बोहोराको पहलमा गरिब परिवारलाई राहत उपलब्ध गराएको कार्यक्रम संयोजक एवं क्लबका पूर्व अध्यक्ष राजेन्द्र भण्डारीले बताउनुभयो । क्लबका सदस्यहरुबाट खाजा खर्च वापतको रकम संकलन गरी गरिब दुखिहरुको सेवा गर्दै आएको उहाँले बताउनुभयो ।

    इच्छाकामना गाउँपालिका वडा नं. ५ देवि डाडा र नेपेडाडाका ४२ चेपाङ तथा दलित परिवारलाई राहत वितरण गरिएको हो ।

    वितरण गरिएको राहत सामाग्रीमा १ बोरा चामल, १ पोका नुन, १ पोका तेल, तरकारी र १ किलो दाल वितरण गरिएको क्लबका अध्यक्ष मोहनराज पौडेलले जानकारी दिनुभयो ।

    राहत वितरण कार्यक्रममा क्लबका शंखदेवि टोल सुधार समितिका अध्यक्ष केशव सिलवाल, तामिन आधारभुत विद्यालयका प्र.अ. सञ्जिप सिलवाल, क्लबका उपाध्यक्ष बसन्तराज कोइराला, तृतीय उपाध्यक्ष एक बहादुर गुरुङ्ग, कोषाध्यक्ष भगवान श्रेष्ठ, सदस्य नारायण प्रसाद लामिछाने र दिपक घिमिरेको उपस्थिति रहेको थियो भने कार्यक्रम क्लबका सचिव दामोदर आचार्यले सञ्चालन गरेका थिए ।