३ वर्ष पहिले
जेठ-३१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ९ सय १८ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ६ लाख ३१ हजार ८ सय ६० जना पुगेको छ ।
२४ घण्टामा ९ हजार ४ सय ३८ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ४९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३२ लाख २४ हजार १ सय ६३ जनाको पिसिआर भएको जनाईएको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ८१ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ८ सय ६९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १ लाख १३ हजार २ सय १० जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ६५ हजार ८ सय ४ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ६१ हजार १ सय २२ रहेको छ भने संस्थागत आइसोलेसनमा ४ हजार ६ सय ८२ रहेको छ ।
२४ घण्टामा ५ हजार १ सय ४७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ५ लाख ३६ हजार २ सय ५२ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.८ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ५३ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ जना पुगेको छ ।
हाल क्वारेन्टिनमा ५ सय ३१ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ९ सय ९५ जना र भेन्टिलेटरमा ३ सय २४ जनाको उपचार भईरहेको छ ।