४ वर्ष पहिले
असार-२, चितवन जिल्लामा जारी निषेधाज्ञाको अवधि असार १० गतेसम्मको लागि थप गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले आगामी असार १० गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो।
नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण अझसम्म पनि उच्च रहेको हुँदा उच्च संक्रमण रोकथाम र नियन्त्रणका लागि चितवन जिल्ला भरी लागु हुनेगरी निषेधाज्ञा निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) प्रेमलाल लामिछानेले बताउनुभयो