३ वर्ष पहिले
असार-४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७ सय ६८ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ६ लाख ४२ हजार ८ सय ८ जना पुगेको छ ।
२४ घण्टामा ७ हजार ५ सय ६९ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ९ सय ६३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३२ लाख ५५ हजार ५ सय ७९ जनाको पिसिआर भएको जनाईएको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ६८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ८ सय ५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १ लाख ३३ हजार ६ सय २८ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ६ सय २४ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ५५ हजार ३ सय ७५ रहेको छ भने संस्थागत आइसोलेसनमा ४ हजार २ सय ४९ रहेको छ ।
२४ घण्टामा ४ हजार २० जना निको भएका छन् । कुल निको हुनेको संख्या ५ लाख ४९ हजार ६ सय २ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८९.४१ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ हजार ६ सय ४१ जना पुगेको छ ।
हाल क्वारेन्टिनमा ४ सय ८९ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ८ सय २७ जना र भेन्टिलेटरमा २ सय ४६ जनाको उपचार भईरहेको छ ।