× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २२९७ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ३१३०

    ३ वर्ष पहिले

    असार-७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २ सय ९७ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ६ लाख ४९ हजार ९ सय ४७ जना पुगेको छ ।

    २४ घण्टामा ६ हजार ५ सय ८३ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५ सय ८४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३२ लाख ७५ हजार ८ सय ४९ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार ३ सय २१ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ७ सय १३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १ लाख ४६ हजार ८ सय ८३ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५३ हजार ९ सय ४० रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ५० हजार ३ सय ४ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार ६ सय ३६ रहेको छ ।

    २४ घण्टामा ३ हजार १ सय ३० जना निको भएका छन् । कुल निको हुनेको संख्या ५ लाख ५९ हजार ९ सय २८ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८९.९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ हजार ७ सय ७२ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ४ सय ४२ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ८ सय ११ जना र भेन्टिलेटरमा २ सय ३७ जनाको उपचार भईरहेको छ ।