× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेपाल संसारकै ८५ औं शान्तिपूर्ण मुलुक, चिन र भारत भन्दा नेपाल अगाडि

    ३ वर्ष पहिले

    असार-९, नेपाल संसारकै शान्तिपूर्ण देशको सूचीमा ८५ औं स्थानमा सूचिकृत भएको छ ।

    ग्लोबल पिस इन्डेक्सले मंगलबार सार्वजनिक गरेको यसवर्षको सूचिमा चिन र भारत भन्दा नेपाल शान्तिपूर्ण देशको सूचीमा अगाडि भएपनि गतवर्षभन्दा ११ स्थानले खस्किएको हो ।

    सन् २०२० मा नेपाल ७३ र २०१९ मा ७२ स्थानमा थियो । यसवर्ष नेपाल दक्षिण एसियाली मुलुकमध्ये सबैभन्दा खुशि हुने सूचीमा दोस्रो स्थानमा छ । सार्कमा पहिलो स्थानमा रहेको भुटान विश्वकै २२ औं स्थानमा छ ।

    नेपालले यसवर्ष २.०३३ अंक प्राप्त गरेको छ । छिमेकी मुलुक चीन १०० औं स्थानमा छ भने भारत १३५ औं स्थानमा छ । सूचीको पहिलो स्थानमा आइसल्यान्ड र अन्तिम स्थान अर्थात १६३ औं सूचीमा सार्क मुलुक अफगानिस्तान छ ।