× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    न्युजिल्यान्डले भारतलाई हराउँदै जित्यो पहिलो संस्करणको विश्व टेष्ट च्याम्पियनसिपको उपाधि

    ३ वर्ष पहिले

    असार-१०, न्युजिल्याण्डले भारतलाई हराउँदै आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि उचालेको छ।

    बुधबार बेलायतको साउथम्पटनमा भएको फाइनलमा भारतलाई ८ विकेटले हराउँदै न्युजिल्यान्डले पहिलो संस्करणको टेष्ट च्याम्पियनसिपको उपाधि जितेको हो।

    भारतले प्रस्तुत गरेको १ सय ३९ रनको झिनो लक्ष्य न्युजिल्याण्डले ४५ दशमलव ५ ओभरमा २ विकेट गुमाएर भेट्टायो।

    न्युजिल्यान्डका कप्तान केन विलियम्सन ५२ र रस टेलर ४७ रनमा नटआउट रहे। कप्तान केनले ८९ बलमा ८ चौका हान्दै कप्तानी पारी खेले।

    रस टेलरले १ सय बलमा ६ चौका हाने। भारतका अश्विनले २ विकेट लिए।

    त्यसअघि पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा २ सय १७ रन बनाएको थियो। अजिक्या राहनेले सर्वाधिक ४९ रन जोड्दा कप्तान विराट कोहलीले ४४, रोहित शर्माले ३४ रन र शुभमन गिलले २८ रन बनाएका थिए।

    न्युजिल्यान्डका काइल जेमिसन एक्लैले ५ विकेट झारे। ट्रेण्ड बोल्ट र नील वागनरले समान २ तथा टिम साउथीले १ विकेट लिए।

    न्युजिल्याण्डले पहिलो इनिङ्समा २ सय ४९ रन बनाउँदा भारतले दोस्रो इनिङ्समा १ सय ७० रन मात्रै बनाउनसकेको थियो।

    दोस्रो इनिङ्समा भारतका ऋषभ पन्तले सर्वाधिक ४१ तथा ओपनर ब्याट्सम्यान रोहित शर्माले ३० रन थपेका थिए।

    भारतको ब्याटिङलाइन ध्वस्त पार्नेक्रममा न्युजिल्यान्डका टिम साउथीले ४ तथा ट्रेन्ट बोल्टले ३ विकेट झारे।

    प्रतियोगितामा ७ विकेट लिने कायले जैमिसन मैन ऑफ द मैच घोषित भए ।