× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २४७६ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ५४५५

    ३ वर्ष पहिले

    असार-११, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४ सय ७६ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ६ लाख ६१ हजार ८ सय ४१ जना पुगेको छ ।

    २४ घण्टामा ९ हजार ५ सय ८६ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ७ सय २१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३३ लाख १२ हजार ३ सय ३५ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६५ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ७ सय ५५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १ लाख ६६ हजार ३ सय ७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ४५ हजार ७ सय ९४ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ४२ हजार ९ सय १० रहेको छ भने संस्थागत आइसोलेसनमा २ हजार ८ सय ८४ रहेको छ ।

    २४ घण्टामा ५ हजार ४ सय ५५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ५ लाख ७६ हजार ४ सय १३ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.०९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ हजार ९ सय ४५ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ३ सय ७३ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ७ सय १४ जना र भेन्टिलेटरमा २ सय १ जनाको उपचार भईरहेको छ ।