४ वर्ष पहिले
असार-१४, चितवन जिल्लाको भरतपुर महानगरपालिका आसपासको क्षेत्रमा निषेधाज्ञा उल्लंघन गर्ने ५१ वटा तीनपांग्रे सवारी साधनलाई कारवाही गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका आसपासको क्षेत्रमा निषेधाज्ञा उल्लंघन गर्ने ५१ वटा तीनपांग्रे (अटो)सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिई होल्डमा राखिएको जनाइएको छ ।
चितवन जिल्लामा असार १० गते थपिएको निषेधाज्ञामा असार १७ गतेसम्म सार्वजनिक सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको हो ।