× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २६३६ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ४३४८

    ३ वर्ष पहिले

    असार-१५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ६ सय ३६ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ६ लाख ७० हजार ८ सय ५७ जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार २ सय ५८ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ७ सय २८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३३ लाख ३६ हजार ९ सय ४६ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ४९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ९ सय ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १ लाख ८४ हजार ४ सय ३९ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ३ सय १० रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३२ हजार ३ सय ४९ रहेको छ भने संस्थागत आइसोलेसनमा २ हजार ९ सय ६१ रहेको छ ।

    २४ घण्टाम ४ हजार ३ सय ४८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ५ लाख ९२ हजार ५ सय ३५ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८८.३२ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या २० जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार ७१ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ३ सय ३८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ६ सय ४९ जना र भेन्टिलेटरमा १ सय ८४ जनाको उपचार भईरहेको छ ।