× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा असार २४ गते सम्मको लागि निषेधाज्ञा थपियो, अटो र ट्याक्सी चलाउन पाउने

    ३ वर्ष पहिले

    असार-१६,कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि चितवनमा जारी निषेधाज्ञा असार २४ गते राति १२ बजे सम्मको लागि थपिएको छ ।

    थपिएको निषेधाज्ञामा तीन पांग्रे अटो र ट्याक्सी जोर विजोर प्रणाली अनुसार सञ्चालन गर्न पाउने भएको छ ।यस अघिनै निजी सवारी साधनलाई सञ्चालन गर्न दिईसकेको छ । अटोको हकमा पूर्व निर्धारित रुटमा मात्रै सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ ।

    बढी भिडभाड हुने कार्यालयहरु जिल्ला प्रशासन, मालपोत, नापी र यातायात व्यवस्था कार्यालय बार अनुसार आलोपालो प्रणालीमा खुल्ने भएका छन् । बार अनुसार सेवा प्रवाह हुने स्थानीय तह तोकी भिडभाड नहुनेगरी कार्यालयहरु खुलाइने चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने बताए । अन्य सरकारी कार्यालयहरुले नियमित रुपमा सेवा दिन पाउने भएका छन् ।

    इलेक्ट्रिक तथा इलेक्टोनिक्स, भाँडा, कपडा, फेन्सी, कस्मेटिक तथा गिफ्ट, सुनचाँदी, पुजा सामग्री, फर्निचर तथा फर्निसिङ, अटोमोबाइल, मोटरपार्टस्, जुत्ता\चप्पल, टेलरिङ, प्रेस तथा फोटोकपी पसलहरु हप्ताको आइतबार, मंगलबार र बिहिबार दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । यसअघि १२ बजेदेखि ४ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने व्यवस्था थियो ।

    अन्य क्षेत्रहरुमा गरिएको कडाई भने यथावत राखिएको छ । जिल्लामा संक्रमण दर थप\घट भएमा निषेधाज्ञालाई थप खुकुलो वा कडाई गर्न सकिने प्रजिअ लामिछानेले बताए ।