३ वर्ष पहिले
असार-१६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८ सय ९२ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ६ लाख ७३ हजार ७ सय ४९ जना पुगेको छ ।
२४ घण्टामा ७ हजार १ सय ८७ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ८ सय ८९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३३ लाख ४४ हजार १ सय ३३ जनाको पिसिआर भएको जनाईएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ८१ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ हजार ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १ लाख ८८ हजार ८ सय ११ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ५ सय ६३ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३० हजार ५ सय ४४ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार १७ रहेको छ ।
२४ घण्टाम ३ हजार ५ सय ९७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ५ लाख ९६ हजार १ सय ३२ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८८.४७ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार १ सय १२ जना पुगेको छ ।
हाल क्वारेन्टिनमा ३ सय ४८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ६ सय २७ जना र भेन्टिलेटरमा १ सय ७५ जनाको उपचार भईरहेको छ ।