× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    चिनियाँ राष्ट्रपति सी जिनपिङको चेतावनी,’विदेशी शक्तिले उनको देशलाई धम्काउन वा नकारात्मक प्रभाव पार्न खोजेमा तिनको टाउकोमा प्रहार हुने’

    ३ वर्ष पहिले

    असार-१७,चीनले सत्तारुढ कम्युनिस्ट पार्टीको स्थापना भएको १०० वर्ष पुगेको उत्सव मनाइरहेको छ।

    बिहीवार सत्ताधारी चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीको अवसरमा बेइजिङको केन्द्रस्थित थ्यानआनमन चोकमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सी जिनपिङले चेतावनी दिँदै “विदेशी शक्तिले उनको देशलाई धम्काउन वा नकारात्मक प्रभाव पार्न खोजेमा तिनको टाउकोमा प्रहार हुने” बताएका छन्।

    उनले “आफू मात्रै असल भनेर अरूलाई दिने उपदेश”लाई नसहने पनि बताएका छन्।

    करीब सत्तरी हजार दर्शकको उपस्थितमा सीले यसो भनिरहँदा सभास्थल तालीले गुञ्जिएको थियो। उनको यो भनाइलाई अमेरिका र चीनबीच जारी तनावसँग जोडेर हेरिएको छ।

    उनले आफूहरुले कसैलाई नदबाएको, आँखा नलगाएको र कुनै अन्य देशका नागरिकलाई आफ्नो अधिनमा गर्ने प्रयास नगरेको बताउँदै र आगामी दिनमा पनि यस्तो नगर्ने बताए ।

    उनले चिनियाँ सेनालाई अझे शक्तिशाली बनाउने बताए। चीनले आफ्नो सेनाको निर्माण आफ्नो सम्प्रभुताको रक्षा, सुरक्षा र विकासका लागि गर्ने र यसलाई विश्वस्तरीय बनाउने बताए।