× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २२९९ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ३४५१

    ३ वर्ष पहिले

    असार-१८,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २ सय ९९ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ६ लाख ७८ हजार ८ सय ८ जना पुगेको छ ।

    २४ घण्टामा ६ हजार ५ सय ६६ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ३ सय ९१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३३ लाख ५७ हजार ८ सय २९ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा४ हजार ३० जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ९ सय ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १ लाख ९६ हजार ६ सय ९६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २९ हजार २ सय ७४ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २६ हजार ३ सय ३६ रहेको छ भने संस्थागत आइसोलेसनमा २ हजार ९ सय ३८ रहेको छ।

    २४ घण्टाम ३ हजार ४ सय ५१ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख ३ हजार ६ सय पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८८.९१ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार १ सय ७१ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा २ सय ९९ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ६ सय ३२ जना र भेन्टिलेटरमा १ सय ८१ जनाको उपचार भईरहेको छ ।