× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनको रत्ननगर नगरपालिकाले २ वर्ष मुनिका बालकलाई छाडेर विदेश जाने महिलालाई अनुमति नदिने

    ३ वर्ष पहिले

    असार-१९,चितवनको रत्ननगर नगरपालिकाले शुक्रबार सम्पन्न नगरसभामा दुई वर्षमुनिका बालक छाडेर विदेश जान चाहने महिलालाई अनुमति नदिने प्रस्ताव पारित गरेको छ ।

    नगरसभाले आफूले जन्माएको बच्चा दुई वर्ष नहुँदै आमा, बुबा, सासू र ससुरालाई जिम्मा लगाएर विदेश जान खोज्ने महिलालाई अनुमति नदिनेसहित १७ बुँदे महत्वपूर्ण प्रस्ताव पारित गरेको हो ।

    नवजात शिशुलाई दुई वर्षसम्म अनिवार्य स्तनपान गराउने बच्चाको अधिकारभित्र पर्ने भएकाले आमा, बुबा, सासू र ससुरालाई जिम्मा लगाएर विदेश जान खोज्ने महिलालाई विदेश जानका लागि आवश्यक पर्ने कुनै पनि कागजात उपलब्ध नगराउने निर्णय गरिएको मेयर नारायण वनले बताए । दुधेबालकलाई घरका अन्य परिवारको जिम्मा लगाएर पैसाको लोभमा विदेश जाने काम विकृतिका रुपमा अगाडि आएको भन्दै उनले यसलाई रोक्न कठोर निर्णय गर्नु परेको बताए ।

    यही असार ६ गते सौराहामा उद्घाटन गरिएको नगरसभाअन्तर्गत विभिन्न चरणमा बजेट, नीति तथा कार्यक्रमसहित महत्वपूर्ण प्रस्तावहरुमा छलफल गरी शुक्रबार समापन गरिएको हो ।