× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १६०३ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २५५२

    ३ वर्ष पहिले

    असार-२०,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६ सय ३ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ६ लाख ८२ हजार ७ सय १६ जना पुगेको छ ।

    २४ घण्टामा ४ हजार ८ सय ७३ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ४२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३३ लाख ६८ हजार ५ सय ४२ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार २ सय ५६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ५ सय ६१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा २ लाख ४ हजार २ सय ४८ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २६ हजार १ सय ७९ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २३ हजार २ सय २८ रहेको छ भने संस्थागत आइसोलेसनमा २ हजार ९ सय ५१ रहेको छ।

    २४ घण्टाम २ हजार ५ सय ५२ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख ९ हजार २ सय १८ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८९.२३ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार २ सय २५ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा २ सय ९५ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ६ सय ८ जना र भेन्टिलेटरमा १ सय ८१ जनाको उपचार भईरहेको छ ।