× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा ट्रकले २ वटा स्कुटरलाई ठक्कर दिंदा एकको मृत्यु

    ३ वर्ष पहिले

    असार-२०,चितवनको भरतपुर महानगरपालिका १ आँपटारी स्थित पानी ट्याङकी ओरालोमा नारायणगढबाट लम्जुङतर्फ जादै गरेको ग १ ख ९७५६ नम्बरको फलाम लोड भएको ट्रकले बिपरीत दिशाबाट आई रहेको प्रदेश ३-००३ प ३५४३ नम्बरको स्कुटर र प्रदेश २-०३-००७ प ७१९६ नम्बरको स्कुटरलाई ठक्कर दिंदा एक जनाको घटनास्थलमा मृत्यु भएको छ भने तीनजना धाईते भएका छन् ।

    घटनास्थलमा मृत्यु हुनेमा प्रदेश ३-००३ प ३५४३ नम्बरको स्कुटर पछाडि सवार देवघाट गाउँपालिका वडा नं. १ तनहुँ बस्ने चिनिमाया पौडेल रहेकी जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

    सोही स्कुटर चालक भरतपुर महानगरपालिका वडा नं. ११ निवासी ३५ वर्षिय पुष्पराज बाँस्तोलाको कलेज अफ मेडिकल साईन्सेस (पुरानो मेडिकल कलेज) मा उपचार भईरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    त्यस्तै प्रदेश २–०३–००७ प ७१९६ नम्बरको स्कुटर चालक देवघाटकै ३० वर्षिय तिलबहादुर गुरुङ र सोही स्कुटरको पछाडि सवार देवघाटकै सिरु गुरुङको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ ।

    उहाँहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मृतक पौडेलको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ भने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।