× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सेती दाेभानमा लगातार ढुङ्गा झारेपछि मुग्लिन-नारायणगढ सडकखण्डको दुवै तर्फ सवारी साधन रोकियाे

    ३ वर्ष पहिले

    असार-२०,मुग्लिन नारायणगढ सडकखण्डको सेतीदोभानमा आएको पहिरोलाई मेशिन लगाएर सफा गरे तापनि लगातार ढुंगा तथा माटो झरिरहेकोले सो सडकको दुवै तर्फको सवारी साधनलाई रोकिएको छ ।

    इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी प्रमुख सुर्य बहादुर रानाका अनुसार ‘सेती दोभानमा दुवै तर्फको बाटो खुलाउने क्रममा पहिरोमा ठूलो ढुङ्गा अड्केको र जुनसुकै बेला पनि सो ढुङ्गा खसेर सवारी साधनलाई ठूलो क्षति पुर्याउन सक्ने भएकोले रातको समयमा नारायणगढबाट मुग्लिन तर्फ हिडेको सवारी साधनहरू जुगेडीमा र काठमाडौँ, पोखराबाट नारायणगढतर्फ हिँडेका सवारीसाधनहरु मुग्लिनमा रोकिएको हो’ ।

    प्रहरी निरीक्षक रानाका अनुसार दुवै तर्फ रोकिएका सवारी साधनहरुलाई भोलि बिहान उज्यालोमा मात्रै छाडिने बताएको छ ।