३ वर्ष पहिले
असार २२, चितवन ।
मुग्लिन नारायणगढ सडक खण्ड अन्तरगत सेती दोभानमा ठुलो पहिरो खस्दा यति बेला राजमार्ग पुर्ण रुपमा अवरुद्ध बन्न पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो हटाउन ५ देखि ६ घण्टा लाग्न सक्ने भएकोले बैकल्पीक राजमार्गको प्रयोग गर्न भनेका छन्। लगातार सेती दोभानमा पहिरो खस्ने क्रम नरोकिएको कारण सवारी साधनलाई मुग्लिन र जुगेडिमा हिजो राति देखि नै रोकि राखेको छ । हिजो देखि सवारी साधन रोकिएको हुँदा हजारौ यात्रुहरु अलपत्र परेका छन् ।