× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सेती दाेभानमा ढुङ्गा खसेर स्कारपियाे जिपमा लाग्दा गाडीमा सवार एक घाईते

    ३ वर्ष पहिले

    असार-२२,नारायणगढ-मुग्लिन सडक खण्डको सेतीदोभानमा ढुङ्गा खसेर स्कारपियाे जिपमा लाग्दा गाडीमा सवार एक जना घाइते भएको छ ।

    ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी प्रमुख सूर्यबहादुर थापाले हाईवे समाचार डटकमलाई दिएको जानकारी अनुसार मुग्लिन देखि नारायणगढ जानेक्रममा ग-१-य १०७४ नम्बरको पर्यटकीय स्कोर्पियो जिपलाई सेतीदोभानमा खसेको ढुङ्गाले लाग्न पुग्दा गाडीमा सवार एक जनाका घाईते हुन पुगेको र घाइतेलाई उपचारका लागि भरतपुर लगिएको जनाएको छ।

    प्रहरी निरीक्षक थापाका अनुसार रातको समयमा पहिरो तथा ढुङ्गा खसेर हुने दुर्घटनालाई मध्यनजर राख्दै राति ८:०० बजेबाट नारायणगढ-मुग्लिन सडक खण्डको दुवै तर्फ बन्द गरिने जानकारी गराएको छ।