× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सुजिता भण्डारी प्रकरणमा प्रदर्शन उग्र भएपछि निश्चित ठाउँमा कर्फ्यु जारी

    ३ वर्ष पहिले

    असार-२२,सुजिता भण्डारीको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै पूर्वी चितवनमा गरिएको प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय चितवनले निश्चित ठाउँ तोकेर २४ घण्टाका लागि कर्फ्यु आदेश जारी गरेको छ ।

    केहि घण्टादेखि भण्डारीको गृहनगर अन्तर्गत पर्ने पूर्व–पश्चिम राजमार्गमा स्थानीयले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

    पूर्वी चितवनको राप्ती नगरपालिका–१ लोथर पुलदेखि राप्ती–४ डडुवासम्मको राजमार्गको दायाँ बायाँ ५०० मिटरभित्र सम्म पर्ने क्षेत्रमा आज साँझ ७ः३० बजेदेखि भोलि बेलुका ७ः३० सम्मको लागि कर्फ्यु जारी गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।