× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सुजिता भण्डारीको न्याय र दोषीलाई कडा कार्वाहीको माग गर्दै मुग्लिनका युवाहरुद्धारा शान्तिपुर्वक ¥याली

    ३ वर्ष पहिले

    असार २४, मुग्लिन
    केहीदिन अघि रहस्यमय तरिकाले मृत अवस्थामा भेटिएका चितवनका सुजिता भण्डारीको न्यायको लागि मुग्लिनमा शान्तिपुर्वक ¥याली निकालेको छ ।

    मुग्लिन युवा मञ्चले सुजिता भण्डारीको अपहरण पछि विभत्स तरिकारले हत्या गरेको विरोधमा दाषीलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कार्वाहीको मार्ग गर्दै सरकारलाई दबाब दिन ¥याली निकालेको मञ्चका अध्यक्ष विकास बस्नेतले बताए ।

    सरकारलाई दबाब दिन गरिएको शान्तिपुर्वक ¥याली कार्यक्रममा महिला हिंसा बन्द गर, नारीलाई सम्मान गर, हत्यारालाई कार्वाही गर, नारीलाई रेप हैन सेभ गर जस्ता नारा लगाइएको थियो ।

    ¥यालीमा विभिन्न संघ संस्थाका प्रतिनिधि तथा स्थानीय युवाहरुको बाक्लो उपस्थिति रहेको थियो । दोषिलाई पत्ता लगाउन ढिलाइ गरे स्व. सुजिता भण्डारीको न्यायको लागि थप शसक्त आन्दोनको कार्यक्रमहरु गरिने मञ्चका अध्यक्ष बस्नेतले हाइवे समाचारलाई बताएका छन् ।