× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    कांग्रेस १४औँ महाधिवेशन : संस्थापन समूहमा सम्भावित उम्मेदवारबारे छलफल, सहमति जुट्न सकेन ।

    ३ वर्ष पहिले

    कांग्रेस संस्थापनइतर पक्षका सभापतिका आकांक्षीहरू महाधिवेशन केन्द्रित रणनीतिमा जुटेका छन् । शुक्रबार उनीहरूले भेला गरी सम्भावित सभापतिको उम्मेदवारबारे छलफल गरेका छन्, तर धेरैले दाबी गरेकाले सहमति भने जुटाउन सकेनन् । 

    Nepali Congress: That other party

    वडादेखि जिल्ला तहसम्मको अधिवेशनपछि थप सल्लाह गरेर उम्मेदवारीको टुंगो लगाउनुपर्ने निष्कर्ष छ । सकारात्मक छलफलको सुरुवात भएको छ, सबै आकांक्षी साथीहरूले धारणा राख्नुभयो । सबैको धारणा एउटै उम्मेदवार बनाऔँ भन्ने नै छ । त्यहीअनुसार हामी थप छलफल गरेर अघि बढ्छौँ ।

    वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पूर्वसहमहामन्त्रीद्वय रामशरण महत र अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू डा. शेखर कोइराला, सुजाता कोइराला, बलबहादुर केसीलगायतका नेताहरूले महाधिवेशन केन्द्रित रणनीति माथि छलफल गरेका छन् । भेलामा नेताहरूले विगतमा आफ्नै समूह भित्रको फुटले पार्टीको नेतृत्व गुमेको भन्दै नेताहरूले एक भएर जानुपर्नेमा जोड दिएका थिए । 

    पूर्वसहमहामन्त्री केसीको पहलमा काठमाडौंको बत्तीसपुतली स्थित अनुपम फुडल्यान्डमा करिब चार घन्टासम्म उनीहरूबीच छलफल भएको थियो । देउवा पक्षइतरका आकांक्षी यति ठूलो संख्यामा भेला भएर महाधिवेशन केन्द्रित छलफल गरेको यो पहिलो पटक हो । बैठकपछि वरिष्ठ नेता पौडेलले सहमतिको प्रयास स्वरूप भएको पहिलो छलफल सकारात्मक भएको बताए । ‘सबै मिलेर जाऔँ भन्नेमा साथीहरूबीच सकारात्मक कुरा आएको छ । अहिले आपसमा गृहकार्य गर्ने र महाधिवेशनमा एक भएर अघि बढ्ने निष्कर्षमै छौँ,’ पौडेलले भने ।

    १३औँ महाधिवेशनको सम्मुखमा सभापति सुशील कोइरालाको निधन भएपछि तत्कालीन कोइराला समूहको नेतृत्व पौडेलले गरेका थिए । तर, उनी समूहको सर्वसम्मत उम्मेदवार बन्न सकेनन् । कोइराला समूहमा रहेका तत्कालीन महामन्त्री कृष्णप्रसाद सिटौलाले छुट्टै समूह बनाएर उम्मेदवारी दिए भने अर्जुननरसिंह केसी देउवाको टिमबाट महामन्त्रीको उम्मेदवार बने । 

    देउवा टिमबाट महामन्त्रीको उम्मेदवार बनेका केसी अहिले पुरानो समूहमा फर्किएर एउटा साझा उम्मेदवार बनाउनुपर्ने वकालत गर्न थालेका छन् । शुक्रबारको छलफलपछि केसी उत्साहित देखिए । ‘वडादेखि जिल्ला तहसम्मको अधिवेशनपछि थप सल्लाह गरेर उम्मेदवारीको टुंगो लगाउनुपर्ने निष्कर्ष छ । सकारात्मक छलफलको सुरुवात भएको छ, सबै आकांक्षी साथीहरूले धारणा राख्नुभयो । सबैको धारणा एउटै उम्मेदवार बनाऔँ भन्ने नै छ । त्यही अनुसार हामी थप छलफल गरेर अघि बढ्छौँ,’ बैठकपछि केसीले बताउनु भयाे । 

    उनले धेरै सभापतिको आकांक्षी देखिएको अवस्थामा पदाधिकारी भइसकेकाले पदमा दाबी नगर्ने र नयाँ पुस्तालाई अगाडि सार्ने विकल्प सहमतिको बिन्दु हुन सक्ने प्रस्ताव भेलामा राखेका थिए । तर, त्यस्तो प्रस्तावबारे शुक्रबारको बैठकमा धेरै छलफल भएन । 

    ‘सबै आकांक्षीले आ–आफ्ना धारणा राख्नुभयो । सबैले आफूलाई केन्द्रमा राखेर दाबी पेस गर्नु भएको छ । तर, समग्रमा सबैको कुरा संस्थापनइतर पक्षबाट एकजना मात्रै उम्मेदवार हुनुपर्छ र देउवालाई पराजित गर्नुपर्छ भन्ने नै छ,’ बैठकमा सहभागी एक नेताले भने । 

    भेलामा नेताहरूले महामारीको बीचमा पनि महाधिवेशन गर्नैपर्ने बाध्यता भएकाले त्यसमा देखिएका जटिलता र चुनौतीलाई विधिसम्मत तरिकाले समाधान गर्न सबैले पहल गर्ने बताएका थिए । क्रियाशील सदस्यहरूको छानबिनमा देखिएका विवादलाई पनि चाँडो र विधिपूर्वक टुंग्याउनुपर्नेमा जोड थियो ।

    –नयाँपत्रिकाबाट