× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    मेस्सी प्रेरित अर्जेन्टिनाद्वारा कोपा अमेरिका कप कब्जा

    ३ वर्ष पहिले

    असार-२७, ४७ औँ संस्करणको कोपा अमेरिकाको उपाधिका लागि मेस्सी प्रेरित अर्जेन्टिनाले जितेको छ।

    ब्राजिलको माराकाना स्टेडियममा भएको फाइनल खेलमा ब्राजिललाई १-० ले हराउँदै उपाधि माथि कब्जा जमाएको हो।

    खेलको २२ औँ मिनेटमा रोड्रिगो डि पलले लामो दूरीबाट उपलब्ध गराएको बललाई एन्जल डि मारियाले डिबक्स भित्र नियन्त्रणमा लिँदै उत्कृष्ट ढङ्गले पोस्टको दिशा दिएपछि सो निर्णायक गोलले गर्दा आयोजक ब्राजिललाई हराएर अर्जेन्टिनाले उपाधि जितेको हो ।

    गाेलपछि खुशीसाटासाट गर्दै लियाेनल मेस्सी र डि मारिया

    अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका जितेको हो, पछिल्लोपटक १९९३ मा उसले यो उपाधि जितेको थियो । त्यसयता अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिना उपाधि विहिन थियो ।

    त्यस्तै, कप्तान लियोनल मेसीले देशबाट जितेको यो पहिलो प्रमुख उपाधि हो । चिरप्रतिद्वन्दी ब्राजिललाइ उसैकाे घरेलु मैदानमा पराजित गरेर अर्जेन्टिनाले उपाधि जितेकाे हाे । वर्ल्डकप २०१८ काे हारपछि अन्तर्राष्ट्रय खेलबाट सन्यास लिएकाे लियानल मेसी देश र जनताकाे भावनालाइ कदर गर्दै पुन अन्तर्राष्ट्रय खेलमा फर्केका थिए । १९९१ मा १४ बर्षकाे उमेरमा आफ्नाे हजुरआमासंग फुटबल हेर्न गएकाे एउटा केटाे घरेलु टिममा एकजना खेलाडी कम भएकाे देखेर हजुरआमाले काेचसंग झगडा गरेर खेल्ने बाताबरण बनाएकाे थियाे, यिनै लियाेनल मेसीले आज काेपा अमेरिका टाइटल मात्र नभएर बेस्ट प्लेयर र हाइ स्काेररकाे टाइटल पनि जिल्त सफल भएका छन । त्यस्तै आजकाे खेलमा अर्जेन्टिनी गाेलकिपर एमिलियानाे मार्टिनेजले बेस्ट किपरकाे उपाधि पनि जितेका छन, जसकाे उ बास्तब मै हकदार थियाे ।