× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सडक विभागद्वारा मुग्लिन-नारायणगढ सडक खण्ड समयमै मर्मत गर्न निर्देशन

    ३ वर्ष पहिले

    असार-२८, अविरल वर्षाले मुग्लिन–नारायणगढ सडक खण्डको विभिन्न ठाउँमा भत्केको तथा बिग्रिएको समयमै मर्मत गर्न सडक विभागले मातहतका निकायहरुलाई निर्देशन दिएको छ ।

    वर्षाले गर्दा सडक भासिएर धेरै जसो स्थानहरुमा सवारी एकातर्फी मात्र सञ्चालन गर्दा सवारी जामको समस्या आउने भएकोले त्यस्ता स्थानहरुमा तत्काल दोहोरो सवारी चल्ने गरी काम गर्न विभागले निर्देशन दिइएको हो । जस अनुरुप ठाँउ ठाँउमा खसेको पहिरो हटाउने सडक भासिएका स्थानहरुमा तत्काल वैकल्पिक व्यवस्था गर्ने र सडक सुचारु गराउने गरी काम भई रहेको पनि सडक विभागले जनाएको छ ।

    ठूला ठूला पहिरो खसेको स्थानमा पहिरो पन्छाई सडक सुचारु गराउन थप मेसिनहरुको ब्यवस्था गर्ने पनि विभागले जनाएको छ । यस वर्ष वर्षा अत्यधिक भएकोले पृथ्वी राजमार्गलगायत मुग्लिन नारायणगढ सडक खण्डमा खसेको पहिरोले यात्रुहरुलाई निकै समस्या उत्पन्न भएको छ ।