× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिन–नारायणगढ सडक खण्ड दुइतर्फी नै सञ्चालनमा

    ३ वर्ष पहिले

    असार-२८, मुग्लिन–नारायणगढ सडक खण्ड करिब १४ घन्टा पश्चात दुइतर्फी नै सञ्चालनमा आएको छ।

    नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोला स्थित चेपाङडाडामा सुख्खा पहिरो गई सडक अवरुद्ध भएको मा १४ घन्टा पश्चात हाल दुइतर्फी नै सञ्चालनमा आएको छ।

    बिहान देखि नै पहिरो हटाउने कार्य भएतापनि माथिबाट सुख्खा पहिरो झरिरहेकोले करिब १४ घन्टा पश्चात मात्र दुइतर्फी नै सडक सञ्चालनमा आएको हो।

    तर सडकमा दोहोरो पार्किङ तथा गलत लेनमा सवारी साधन रहेकोलेे यातायात सञ्चालनमा कठिनाइ भइरहेेको छ ।