× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नवनियुक्त प्रधानमन्त्री देउवासहित ४ मन्त्रीले राष्ट्रपति समक्ष लिए पद तथा गोपनियताको सपथ

    ३ वर्ष पहिले

    असार-२९,नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासहित ४ मन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।

    मंगलवार साँझ राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नवनियुक्त प्रधानमन्त्री देउवासहित ४ मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

    प्रधानमन्त्री देउवासहित गृहमन्त्रीमा बालकृष्ण खाँड, कानूनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, अर्थमन्त्रीमा जनार्दन शर्मा र उर्जा तथा जलस्रोत मन्त्रीमा पम्फा भुसालसहितले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

    देउवासहित मन्त्रीहरुले आजै कार्यभार सम्लाने बताइएको छ ।

    साँझ ६ बजेका लागि तय गरिएको सपथ ग्रहण दुई घण्टा भन्दा बढी समयपछि शुरु भएको हो ।