× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा भोलि देखि ५५ वर्ष र सो माथिका उमेर समुह तथा शिक्षक एवं यातायातका मजदुर लगायतले खोप पाउने

    ३ वर्ष पहिले

    असार-३१,चितवनमा भोलि (शुक्रबार)देखि ५५ वर्ष र सो माथिका उमेरसमुह तथा शिक्षक एवं यातायातका मजदुर लगायतले कोरोना भाइरसविरुद्धको खोप लगाउने पाउने भएको छ ।

    साउन १ गतेदेखि ३ गतेसम्म जिल्लाका सबै स्थानीय तह अन्तरगतका वडाका स्वास्थ्य संस्थाको खोप केन्द्रहरुमा खोप लगाउने अभियान संचालन हुने जिल्ला स्वास्थ्य कार्यालय चितवनले सुचनामा जनाएको छ ।

    यस अभियानमा खोप लगाउन विभिन्न लक्षित समूह तोकिएको छ । यस खोप ५५ वर्ष र सो माथिका उमेर समूहका कोभिडविरुद्धको पहिलो खोप लगाउन बाँकी रहेका नागरिकहरुलाई लगाइने छ ।

    यस्तै विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, खोप अनिवार्य गरेको देशमा जाने व्यक्तिहरु, सार्वजनिक सवारी चालक लाइसेन्स र सहचालकहरु, पेट्रोल पम्पमा काम गर्ने कर्मचारीहरु, अक्सिजन उत्पादन गर्ने उद्योग, औषधि उपात्पदन गर्ने उद्योगका कर्मचारीहरु र यसअघि लगाउन छुटेका अतिआवश्यक सेवा प्रवाह गर्ने समूहमा परेका स्वास्थ्यकर्मी, पत्रकार, बैंक कर्मचारी, सुरक्षाकर्मी, संस्थान र जनप्रतिधिहरुलाई खोप लगाइने स्वास्थ्य कार्यालयको सुचनामा जनाएको छ ।