× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २६७६ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १७५७

    ३ वर्ष पहिले

    असार-३१,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ६ सय ७६ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ७ लाख ९ हजार ४ सय ७ जना पुगेको छ ।

    २४ घण्टामा ८ हजार २ सय ५६ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ७ सय ८२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३४ लाख ४६ हजार ५ सय ८६ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार ५ सय १२ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ८ सय ९४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा २ लाख ५२ हजार ५४ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ३९ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २४ हजार २५ रहेको छ भने संस्थागत आइसोलेसनमा २ हजार ६ सय १४ रहेको छ।

    २४ घण्टामा १ हजार ७ सय ५७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख २६ हजार ४ सय ६८ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८८.३० रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार ६३ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा २ सय ९२ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ६ सय २ जना र भेन्टिलेटरमा १ सय ७१ जनाको उपचार भईरहेको छ ।