× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    अत्यधिक वर्षाका कारण बाढी आउँदा जर्मनी र बेल्जियममा दर्जनौँको मृत्यु

    ३ वर्ष पहिले

    साउन-१,पश्चिम युरोपमा अत्याधिक वर्षाका कारण बाढी आउँदा कम्तीमा ७० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरुले जनाएका छन् ।

    बाढीबाट सबैभन्दा बढी प्रभावित जर्मनीमा धेरैको मृत्यु भएको र ७० मानिस हराइरहेको छ। बेल्जियममा भने कम्तीमा ११ जनाको मृत्यु भएको र हराइरहेका मानिसहरूको सङ्ख्या धेरै छन् । नेदरल्याण्डस र लक्जेम्बर्गमा पनि व्यापक प्रभाव परेको छ ।

    जर्मनीको राइनल्यान्ड पलाटि-नट र नर्थ राइन वेस्ट-फेलिया प्रान्तले बाढीको सबैभन्दा भयावह मार खेप्नुपरेको बताइएको छ।

    अधिकारीहरूले जलवायु परिवर्तनका कारण विपद्को पछिल्लो घटना भएको बताइरहेका छन् भने विज्ञहरूले जलवायु परिवर्तनका कारण मौसमको कठोर प्रभावका घटना तीव्र रूपमा दोहरिरहने ठानिएको तर कुनै एक्लो घटनालाई त्यससँग जोड्नु जटिल भएको बताएका छन्।

    हाल अमेरिका भ्रमणका क्रममा रहेकी जर्मनीकी चान्सलर एंगेला मर्केलले राष्ट्रपति जो बाइडनसँग भेट गर्नुअघि उक्त बाढीलाई ”विपद्” को संज्ञा दिएकी छन्।

    जर्मनीका प्रभावित क्षेत्रहरूमा फसेकाहरूको उद्धार गर्नका लागि प्रहरीको हेलिकोप्टर र सयौँ सेना परिचालन गरिएको छ।

    बेल्जियमको बाढी प्रभावितको उद्धारका लागि फ्रान्सको सुरक्षा समिति का कामदारहरु आइपुगेका छन्।