३ वर्ष पहिले
साउन-२,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८ सय ७५ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ७ लाख १३ हजार २ सय १८ जना पुगेको छ ।
२४ घण्टामा ६ हजार ८ सय ५८ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ३ सय१० जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३४ लाख ६३ हजार ५७ जनाको पिसिआर भएको जनाईएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार २ सय ८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ५ सय ६५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा २ लाख ५९ हजार ८ सय ३२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ९ सय ५२ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २३ हजार ४ सय ७७ रहेको छ भने संस्थागत आइसोलेसनमा २ हजार ४ सय ७५ रहेको छ।
२४ घण्टामा २ हजार १ सय ६४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख ३० हजार ४ सय ७ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८८.३८ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय २७ जना पुगेको छ ।
हाल क्वारेन्टिनमा ३ सय ३७ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ५ सय ८३ जना र भेन्टिलेटरमा १ सय ७६ जनाको उपचार भईरहेको छ ।